Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

अर्थ संसार

बुधबार, १७ मंसिर २०८२, ०६ : ५७ मा प्रकाशित

दुई कम्पनीको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जीको सेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेलेसुपर मादीको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो भने माउन्टेन इनर्जीको २० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात सुपर मादीको सेयरमूल्य ७२२ रुपैयाँ ८६ पैसा र माउन्टेन इनर्जीको ५७७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा सुपर मादीको सेयर प्रतिकित्ता ७५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने माउन्टेन इनर्जीको प्रतिकित्ता ६६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको