Like us!
Follow us!
Connect us!
Watch us!

दुई बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

मंगलबार, १६ मंसिर २०८२, १६ : ३७ मा प्रकाशित

दुई बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई वटा बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो । 

माछापुच्छ्रे बैंकको ४६ लाख ४८ हजार ५४३ कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकृत भएको हो ।

त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ३ लाख ९ हजार ७६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले सेयरधनीलाई वितरण गरेको ५.७५ प्रतिशत बोनस सूचीकृत गरिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको