माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनाका लागि भोलि एक दिन बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्ने छन् ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागिता जनाउन पाउनेछन् भने लाभांश प्राप्त गर्न सक्नेछन् । माउन्टेन इनर्जीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा बोलाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस