Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्कासनको अनुमति

अर्थ संसार

मंगलबार, १६ मंसिर २०८२, १९ : २८ मा प्रकाशित

रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई आईपीओ निष्काशसनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई बुक बिल्डिङ मार्फत आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । 

उच्च अदालत पाटनको परमादेश कार्यान्वयन गर्दै बोर्डले मंगलबार ग्लोबल आईएमई क्यापिटललाई पत्र पठाउँदै बुक बिल्डिङ मार्फत आईपीओ प्रक्रियालाई अघि बढाउन निर्देशन दिएको छ । पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको सेयर निष्काशन सम्बन्धमा कानूनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ ।’

कम्पनीले एक वर्षअघि नै प्रतिकित्ता ८२०.८० रुपैयाँको दरमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी सुरू गरेको थियो । यसअघि संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँका दरमा सेयर खरिद गरिसकेका छन् । अब कम्पनीले यसअघि कै प्रक्रिया र मूल्यबाट आईपीओ सर्वसाधारणलाई ल्याउनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको