Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीले मात्रै सिक्लेस हाइड्रोपावरको लाभांश पाउने

अर्थ संसार

बुधबार, १७ मंसिर २०८२, ०७ : २५ मा प्रकाशित

आजसम्म कायम सेयरधनीले मात्रै सिक्लेस हाइड्रोपावरको लाभांश पाउने

सिक्लेस हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आफ्ना २० औं र २१औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्नेछन् । 

यस कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले गत दुई आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

उक्त निर्णय पारित गर्नका लागि यही मंसिर २९ गते सोमबार कास्की जिल्लाको पोखरा–१७ घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजेदेखि दुई आर्थिक वर्षको साधारणसभा एकै पटक बस्दैछ । सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको