Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंक र एनआईडिसी क्यापिटलको एककिृत कारोबार सुरु

शुक्रबार, २८ माघ २०७३, १७ : २७ मा प्रकाशित

सनराइज बैंक र एनआईडिसी क्यापिटलको एककिृत कारोबार सुरु

अर्थ संसार 
काठमाडौं–  एनआईडिसी क्यापिटल मार्केट्स लिमिटेड र सनराइज बैंकले शुक्रबारदेखि  एकीकृत कारोबार सुरु गरेको छ । एक कार्यक्रमबीच गर्भनर डा. चिरञ्जीवि नेपालले एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । 

बैंकले क्यापिटललाई खरिद गर्ने प्रस्ताव दुवै संस्थाको पुस २५ बसेको विशेष साधारणसभाले पारित गरेको थियो भने राष्ट्र बैंकले यही माघ १३ गते अन्तिम स्वीकृत दिएको थियो ।

एनआईडीसी क्यापिटल किनेपछि बैंकको बैंकको चुक्ता पुंजी ५ अर्व ४५ करोड पुगेको छ । अब बैंकले प्रस्ताव गरेको ३० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी करिब ७ अर्व दश करोड पुग्ने बैंकले जनाएको छ ।सनराइज बैंकले केहि समय अघि एनआईडिसीलाई प्राप्ति गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको