Like us!
Follow us!
Connect us!
Watch us!

तपाईको ओठ, खुट्टा, गाला फुट्छ ? त्यसो भए यसो गर्नुहोस्

शनिबार, २९ माघ २०७३, १२ : ३७ मा प्रकाशित

तपाईको ओठ, खुट्टा, गाला फुट्छ ? त्यसो भए यसो गर्नुहोस्

अर्थ संसार 
काठमाडौं– तपाईको हात, खुट्टा, गाला, ओठ फुट्ने समस्या छ ? यति छ भने तपाईलाई यसको रोकथामको बारेमा केही सल्लासुझाव दिदै छौँ ।  

जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ ।

चिसो मौसममा बाहिर ननिस्केमा पनि ओठ फुट्नबाट बचिन्छ, तर यो सम्भव हुँदैन । त्यसैले बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सूतीको कपडाले हल्का पुछेर निस्केमा केही रक्षा हुन सक्छ ।

राती सुत्दा विशेष गरी ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रकृया कम हुन्छ । राती सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ ।

शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ । त्यसैले गर्मी र जाडो दुवै मौसममा पानीको पर्याप्त प्रयोग गर्नुपर्छ ।

ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन् । यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुख्खा हुन्छ । बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुनजान्छ । विशेष गरी यो बालबालिकालाई देखापर्ने समस्या भए पनि कहिलेकाहीँ ठूला व्यक्तिहरूमा पनि देखापर्छ ।

सुत्नुभन्दाअघि अनुहार सफा गरेर तैलीय पदार्थहरूको प्रयोग गर्नु ठीक हुन्छ । जस्तो–दूधको तर, तेल, तोरीको तेल वा तिलको तेल, ग्लिसिरिन आदिको प्रयोग गर्नु राम्रो हुन्छ । यो घरमै पाइने सस्तो औषधी हो ।

ओठ फुट्दा सुरुआतमा ओठको माथिल्लो भागमा के–के भएजस्तो हुन सक्छ । ज्वरो आएको बेला वा जाडो भएको बेला यो बढी हुन्छ । यस्तो बेलामा पहिले छाला रातो हुन्छ, चिलाउँछ घाउजस्तो भएर सुन्निन्छ । यस्तो बेलामा ऐना हेरेर हातले ती घाउ वा फोकाहरू छुन मन लागिरहने वा जिब्रोले चलाइरहन मन लाग्ने हुन्छ ।

यस्तो किसिमको घाउ एक प्रकारको जीवाणुबाट हुन्छ । कसैकसैलाई यो बारम्बार भइरहन्छ । यो बेलामा घाउलाई सकेसम्म सफा र सुख्खा राख्नुपर्छ । कहिलेकाहीँ मात्रै यसमा पीप आउन सक्छ । हातले छुने गर्नु हुँदैन ।

यसै गरी हात खुट्टाका छाला खस्रो हुनु र फुट्नु पनि शरीरले तैलीय पदार्थ उत्पादन कम गरेका कारणले हुने अवस्थाहरू हुन् । यस कारण शरीरका हावा पर्ने भागमा चिल्लो पदार्थरतैलीय पदार्थ दली फुट्न नदिन नरम पारेर राख्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको