लक्ष्मीराज पाध्याय
बाजुरा –बाजुरा जिल्ला बडिमालिका नगरपालिका ६ मनाका स्थानीयबासीको भरिया जिवन समाप्त भएको छ । जिल्लामै पहिलो पल्ट रोपवे सेवा संचालन गरेपछि त्यँहाका स्थानीयबासीको पुस्तादेखिकोे भरिया जिवन समाप्त भएको हो । । रोपवे संचालन आएपछि यहाँका स्थानीयबासीका लागि सहज भएको छ ।
रोपवे संचालनमा आएपछि गाउँबाट आलु, मकै, भटमास, र्फसी, घ्यू, दही, दुध, काक्रो लगायता स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउनका लागि ढुवानिमा सरल भएको छ ।
जिल्ला कृषि विकास कार्यालय बाजुरा र एच आर सी बाजुराको आयोजनामा र प्राक्टिकल याक्सनले सहयोग रोपवे निर्माण भएपछि यहाँका स्थानीयवासीमा खुसीयाली छाएको सहयोगी निकायलाई धन्यबाद ज्ञापन गर्दै बडिमालिका ग्राभिटी रोपवे निर्माण समितिका अध्यक्ष चक्र साँउदले बताए ।
सो ग्राभिटि रोपवेको निर्माण पछि ५ घण्टा लाग्ने बाटो साँघुरीएर १ मिनेट २४ सेकेन्ड लाग्ने भएको छ । यसको निमार्ण गर्न कुल लागत २६ लाख ५६ हजार ६७ रुपैया ४० पैसामा र जसमा स्थानीयको जनश्रमदान ७ लाख ९० हजार ८ सय ७२ रहेको सो रोपवेमा मना गाउँका २ सय ४ घरधुरीका स्थानीय लाभान्धीत भएका छन् । कूल रोपवेको लम्बाइ नौ सय आठ मिटर रहेको छ र ३४ डिग्रीको भिरालोपनमा लाइन बिस्तार गरिएको छ ।
दुइ ओटा स्टेशनमध्ये तल्लो स्टेशन बडिमालिका नगरपालिकाको ५ टिपाडा बजार र माथिल्लो स्टेशन बडिमालिका नगरपालिका ६ को मना गाउँमा रहेको छ । यस रोपवेले माथिबाट ९० किलो र तल्लो स्टेशनबाट ४० किलो १ मिनेट २४ सेकेन्डमा ओसारपसार गर्ने भएको एच आर सी बाजुराका अध्यक्ष निर बहादुर शाहीले बताए ।
एक औपचारीक कार्यक्रमको आयोजना गरी आज ९शनिबार० सो ग्राभिटी रोपवेको बाजुरा जिल्लाका संसाद तथा पुर्व उद्योग मन्त्री कर्ण बहादुर थापाले गर्नु भएको छ ।
कार्यक्रममा जिल्ला स्थीत प्रमुख जिल्ला अधिकारी देबेन्द्र प्रशाद लामिछाने, नेपाली काग्रेस नगर सभापती पदम बढुवाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य अमर खड्का, जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा। रामकृष्ण श्रेष्ठ लगाएतका बक्ताले रोपवे संचालन गरिदिने सस्था यूरोपिएन यूनियन प्राक्टिकल याक्सन एचा आर सी बाजुरा र जिल्ला कृषि बिकास कार्यलय बाजुरालाई धन्यबाद समेत दिएको छन् ।
यसरी बाजुरामा हरेक नयाँ कामको थालनी हुने भने बाजुरा दुर्गम हैन सुगम हुने छ । हाल बाजुराबाट ५ जना संसादले पनि बिकासमा जोड दिएका छन । हरेक बिकासे योजनामा सबै पार्टीले एउटै धारणा बनाएपछि पछिल्लो समय बिकासका लहरसँगै आर्थिक रुपमा पनी यहाँको जनजिवन परिर्वतन गर्न सकिएको यहाँका स्थानिय बताउँछन ।
हाल बाजुरा जिल्लाका सबै गाबिसमा सडक संजालले छाएको छ भने गाउँ गाउँमा बिजुली पनि पुगिसकेको अबको बिकास भने शिक्षा र स्वास्थमा लगानी गर्न आबश्यक रहेकोले अब सरकारका तर्फ बाट आफु लागी पर्ने नेता तथा पुर्व मन्त्री थापाले बताउनुभएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस