अर्थ संसार
काठमाडौं– सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदि सोचमा हुनुहुन्छ भने तयार भएर बस्नुहोस । किन भने लक्ष्मी बैंकको तीन अर्बको हकप्रद आउँदै छ ।
बैंकको शतप्रतिशत हकप्रद शेयर निश्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले तिन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
बैंकले ३८ प्रतिशत बोनस सेयर यस अघिनै घोसणा गरिसकेको छ। उक्त बोनस साविक शेयरधनी र हकप्रद आवेदक दुबैले पाउने बैंकले जनाएको छ ।
तीन अर्ब १५ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गरि सकेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३१ करोड रुपैयाँ माथि पुग्नेछ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस