Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको साधारणसभा : ७.५ % बोनस शेयरसहित यी एजेण्डा पारित

अर्थ संसार

सोमबार, ०९ भदौ २०७६, ०७ : ५३ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको साधारणसभा  :  ७.५ % बोनस शेयरसहित यी एजेण्डा पारित

अर्थ संसार, काठमाडौं- नेपालको बीमा व्यवसाय क्षेत्रको जेठो कम्पनी नेपाल इन्स्योरेन्सले शेयरधनीहरुका लागि ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणको बाटो खोलेको छ ।

आइतवार ७० औं वार्षिक साधारण सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट प्रस्तावित उक्त लाभांश पारित गरेको हो । हाल कायम १ अर्ब १ करोड ९१ लाख ३ हजार चुक्तापूँजीको आधारमा उक्त बोनस शेयर वितरण गर्न लागिएको हो । बोनसमा लाग्ने कर भने लगानीकर्ता आफैले तिर्नुपर्नेछ । बोनस पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार पुग्नेछ ।

इतिहासमा जेष्ठ बीमा कम्पनी हुने सुनौलो अवसर पाएको यस कम्पनीलाई आगामी दिनमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीमध्ये श्रेष्ठ बनाई शेयरधनीहरुलाई उचित प्रतिफल दिने संकल्प अध्यक्ष अर्जुन पौडेल शर्माले गरेका छन् । बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्छ भन्ने चेतनाको विकास देशका ग्रामीण स्तरसम्म पुर्याउन सकेमा बीमा बजार फराकिलो भई मुनाफामा वृद्धि हुनेमा अध्यक्ष शर्माको विश्वास छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले आफ्ना ग्राहकको मागलाई ध्यानमा राखी नयाँ नयाँ बीमालेखहरु उपलब्ध गराउने र बिगत ७२ वर्षदेखिको ग्राहकको विश्वासलाई कायम राख्न कम्पनी प्रयासरत रहेको बताए ।

कम्पनीले यस वर्ष दिएको बोनस शेयरलाई लगानीकर्ताहरुले उत्साहपूर्वक लिएका छन् । हाल कम्पनीले प्रधान कार्यालयसँगै ४६ ओटा शाखा कार्यालय र २९ ओटा सेवा केन्द्र गरी ७६ स्थानबाट बीमा सेवा प्रदान गर्दै आएको छ । चालू आर्थिक वर्षभित्र १६ ओटा शाखा थप गर्ने तयारीमा कम्पनी जुटेको अध्यक्ष शर्माको भनाइ छ ।

गत आर्थिक वर्ष २०७५/७६ मा यस कम्पनीले  १८ करोड ५ लाख ८० हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आव २०७४र७५ मा  ११ करोड ८८ लाख ६ हजार थियो । कम्पनीको गत आवको चौंथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक  १७ दशमलव ७२ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको