अर्थ संसार, काठमाडौं-नेपालमा व्यवसायिक सामाजिक उत्तरदायित्व एवं असल व्यवसायिक अभ्यासको प्रवद्र्धन गर्न तथा दीगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्नका लागि २०७६ भाद्र १९ र २० गते तेश्रो जिम्मेवार सम्मेलनको आयोजना हुने भएको छ । राष्ट्रिय व्यवसायिक पहलले काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा यस सम्मेलनको आयोजना गर्दैछ । नेपाली व्यवसायिक जगतमा व्यवसायिक सामाजिक उत्तरदायित्व एक आधुनिक अवधारणा हो जसलाई प्रचार प्रसार गर्न राष्ट्रिय व्यवसायिक पहलले विगत एक दशकदेखि विभिन्न प्रयासहरु गर्दै आइहरको छ ।
आयोजक संस्था राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पद्य ज्योतिले सम्मेलनको घोषणा गर्दै भन्नुभयो “दुई दिने यस सम्मेलनमा १६ विभिन्न सत्रहरुमा ठूलादेखि साना उद्योगी व्यवसायीहरु, बैंक तथा वित्तिय संस्थाहरु, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरु लगायत अन्य सरोकारवालाहरुले नेपालमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतिहरुको विषयमा बृहत् छलफल गर्नेछन् । यस सम्मेलनले दीगो विकास लक्ष्य अनुकूल हुने गरी व्यवसायिक सामाजिक उत्तरदायित्व वहन गर्न नेपाली उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्नुका साथैव्यवसायिक सामाजिक उत्तरदायित्व सम्बन्धि कानूनहरुको कार्यान्वयन गर्न पनि सहयोग पुग्ने हामीेले विश्वास लिएका छौं ।”
माननीय कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलाबाट सम्मेलनको उद्घाटन हुने तय भएको छ ।
सम्मेलनमा समेटिएका ट्रयाक र तिनका उद्देश्यहरु निम्न बमोजिम रहेका छन्ः
क) समृद्धि — द्रुत तथा दीगो समृद्धिका लागि जिम्मेवार व्यवसाय
ख) जनता — मानवीय सरोकारवालाहरु (कर्मचारी, उपभोक्ता, स्थानीय समुदाय) का आवश्यकताहरु सम्बोधन गर्ने जिम्मेवार व्यवसाय
ग) वातावरण — प्राकृतिक एवं मानव निर्मित पर्यावरणको दीगोपनाका लागि जिम्मेवार व्यवसाय
घ) साझेदारी — दीगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रसंगको आवश्यक प्रभावकारी साझेदारी
प्रत्येक सत्रमा एक प्रखर अन्तर्राष्ट्रिय वक्ता र नेपाली कम्पनीको अनुभव सहित दुई नेपाली वक्ताहरु रहनेछन् । साथै प्रत्येक सत्रलाई नेपालका प्रतिष्ष्ठित उद्योगी व्यवसायी वा सत्रसंग सम्बन्धित प्रख्यात व्यक्तिहरुले अध्यक्षता गरी सञ्चालन गर्नेछन्।
सम्मेलनमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइ.एल.ओ), अन्तर्राष्ट्रिय बाल कोष (युनिसेफ), संयुक्त राष्ट संघ विकास कोष (युएनडीपि), रोजगारीका लागि सीप विकास कार्यक्रम (सीप), हाम्रो सम्मान परियोजना, लगायतका अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरुबाट अन्तर्राष्ट्रिय वक्ताहरु हुनेछन् । राष्ट्रिय वक्ताहरुमा विभिन्न नविनतम साना तथा मझौला उद्योग व्यवसाय सहित औद्योगिक व्यवसायिक समूहहरुमा ज्योति समूह, पञ्चकन्या समूह, नेपाल उद्योग वाणिज्य महासंघ, यति एयरलाइन्स, काठमाडौं गेष्ट हाउस आदि छन्। त्यसैगरी सरकारी निकायतर्फबाट राष्ट्रिय योजना आयोग, उद्योग मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय, नेपाल राष्ट्र बैंक, निर्वाचन आयोग, सामाजिक सुरक्षा कोष आदि रहेका छन्भने नागरिक समाज तर्फ उपभोक्ता संघ, श्रम संगठन, वातावरण अधिकारकर्मी, युवा अधिकारकर्मी, सुशासन अधिकारकर्मी लगायत रहेका छन्।
सम्मेलनको मुख्य प्रायोजकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक लि, ज्योति समूह–होन्डा, सिप्रदी टाटा, नेपाल इकरात इन्जिनियरिंग प्रा लि, सेलपे, शिखर इन्सोरेन्स, नर्भिक इन्टरनेश्नल हस्पिटल, यति एयरलाइन्स र याक एण्ड यति होटल रहेका छन् त्यसैगरी विभिन्न सत्रहरुको प्रायोजकमा एसबीआइ बैंक, मनकामना दर्शन प्रा लि, बैंक अफ काठमाडौं, सूर्य नेपाल प्रा लि रहेका छन्भने सत्रका सह प्रायोजकहरुमा शर्मा एण्ड कम्पनी, क्वेष्ट फर्मास्यूटिकल, केएनपी पेन्ट, एभरेष्ट बैंक, एभरेष्ट ग्यास, कुमारी बैंक, प्राइम बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक तथा मोरंग अटो वक्र्स रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस