अर्थ संसार, काठमाडौं- नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप सुदूरपश्चिम प्रदेशको धनगढीमा भाद्र ९ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, र परिसंघका तर्फबाट उपाध्यक्ष विरेन्द्रराज पाण्डे तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गर्नु भएको थियो । परिसंघका उपाध्यक्ष पाण्डेले तेस्रो पूर्वाधार सम्मेलनको तयारीका सन्दर्भमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले परिसंघले आयोजना गर्न लागेको तेश्रो पूर्वाधार सम्मेलन एक महत्वपूर्ण कार्यक्रम रहेको र सुदूरपश्चिम प्रदेशले सो प्रदेशमा लगानीकर्तालाई स्वागत गर्न आतुर रहेको बताउनु भयो । सुदूर पश्चिम प्रदेशले ऊर्जा र पर्यटन पूर्वाधार तथा जडिबुटी उद्योगलाई प्राथमिकतामा
राखेर परियोजनाहरु अघि सारेको र यसमा लगानीकर्ताहरुलाई स्वागत गर्न आतुर रहेको बताउनु भयो ।
त्यस्तै सुदूर पश्चिम प्रदेशले लगानीका लागि वाधक कानूनमा सुधार तथा लगानीको वातावरण बनाउन प्रतिबद्ध रहेको पनि मुख्यमन्त्री भट्टले उल्लेख गर्नु भयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निर्माण, पर्यटन तथा अन्य क्षेत्रका व्यवसायीहरुको उपस्थिती थियो ।
यस पटकको पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमा पूर्व सम्मेलन छलफल तथा अन्तरक्रिया कार्यक्रम गरि त्यहाँको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ । त्यसरी गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस