Like us!
Follow us!
Connect us!
Watch us!

राज्यको लापरबाहीले ध्रुव बिष्टको सगरमाथामा मृत्यु भयो– बिष्ट परिवार

अर्थ संसार

विहीबार, १२ भदौ २०७६, १७ : १० मा प्रकाशित

राज्यको लापरबाहीले ध्रुव बिष्टको सगरमाथामा मृत्यु भयो– बिष्ट परिवार

अर्थ संसार, काठमाडौं–  सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टकको परिवारले उनको निधनलाई रहस्यमय भन्दै त्यसबारे उजूरी गर्ने बताएको छ ।

रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गर्दै परिवारले राज्य, ट्रेकिङ एजेन्सी, पर्यटन बोर्डलगायत सम्बन्धित संघसंस्थाले लापरबाही गर्दा बिष्टको मृत्यु भएको आरोप लगाउँदै उजूरी गर्ने बताएको हो । मृत्यु भएको खबर पनि समयमा नदिइएको र एजेन्सीहरुको लापरवाहीले गर्दा विष्टको निधन भएको परिवारको दाबी छ ।  

पत्रकार सम्मेलनमा ध्रुवकी दिदीउषाले रुँदै भनिन्, “मेरो भाईको निधन राज्यको निकाय देखि पर्यटन क्षेत्रको लापरबाहीका कारण रहस्यमय तरिकाले भएकाले निष्पक्ष छानविन हुनुपर्छ ।” उनी ठमेलमा स्थित हिमालयन  स्क्रिट ट्रेकबाट आफ्नो विदेशी साथिसँग सगरमाथा अरोहणमा गएकाथिए । सगरमाथाआरोहणको क्रममा२०७६ जेष्ठ १० गते निधनभएको थियो । नेश्नलगाईड बिष्टको मृत्यु प्राकृतिक प्रकोपको कारण नभई रहस्यमय भएको परिवारजनहरुको भनाई छ ।

ठमेलस्थित हिमालयन  स्क्रिट ट्रेकबाट विष्टलाई पनि सगरमाथाआरोहण गराउने भनेर लगेको परिवारले बताएको छ । तर, ७८०० मि.फिट माउनलाई छोडेर शेर्पा गाइर्डको साथमाविदेशी साथीलाई मात्रआरोहण गर्न लगिएको थियो । दिदीले भनेकी छिन्, “फर्किने क्रममा १०० मि. अगाडि भएको विष्टको साथीले ध्रुवलाई लडेको देखेर उद्धार टिमलाई सम्पर्क गर्दा उनीहरुले पहिला बेवास्ता गरेको र पछि दुर्घटना स्थलमापुग्दा विष्टको अक्सिन सम्मनभएको बुझियो ।”पोस्टमार्टम रिपोर्टमाहाई अल्टर सिक्नेसको कारण मृत्यु भएको बताइएको परिवारले जानकारी दियो । विष्टले गतवर्षमात्र ८००० मि.फिट आरोहण गरेर आएकाथिए । १२ वर्षको अनुभव बटुलेर विभिन्नआरोहणमा संलग्नभएका स्व. विष्ट लडेर मर्यो भन्ने कुरा परिवारजनहरुलाई स्वीकार गर्न कठिन भएको दखिन्छ । विष्ट इन्टरनेस्नल माउटेन गाईडको प्रमाणपत्र प्राप्तगर्ने क्रममाथिए ।
गाइड बिष्ट सुदूरपश्चिमका स्थायीबासिन्दाहुन् । बिष्टको २२ वर्षकीश्रीमती र १६ महिनाको बच्चा छ ।रुकुमको सिस्ने हिमालआरोहण गर्ने पहिलो टिममा बिष्टपनि एक थिए । मुस्ताङमा सञ्चालनभएको स्केटिंगमा पनि बिष्टको योगदान रहेको छ । उनकीदिदीउषा विष्ट पनिहिमालआरोहीहुन् । आरोहणको अनुभवीउषाको पदयात्रालाई पछ्याउँदै भाई ध्रुव विष्टले यस क्षेत्रमाप्रवेश गरेकाथिए ।
सरकारलेपर्यटकहरुद्धारा आरोहण अनुमतिकालागिप्रतिव्यक्ति दस देखि बीस हजार डलर लिने गरेको छ भने एक आरोहणवापत्पर्यटकले नै गाईडलाई एक हजार डलर दिने गरेको छ ।  सरकारले शेर्पा गाईडलाई केहीदिँदैन । यदि शेर्पा गाईडको निधनभएमासरकारले पन्ध्र लाखमृतकको परिवारलाई दिन्छ ।कार्यक्रममा ध्रुबकादाजु कुमार विष्टले पनिआफ्नो भाईको मृत्यु रहस्यमयीभएकोले यथाशक्य चाँडो छानबिन हुनुपर्ने माग गरे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको