Like us!
Follow us!
Connect us!
Watch us!

सारथिमा कुमारीको क्युआर पेमेन्ट प्रविधि

अर्थ संसार

शुक्रबार, १३ भदौ २०७६, ०७ : ५७ मा प्रकाशित

सारथिमा कुमारीको क्युआर पेमेन्ट प्रविधि

अर्थ संसार, काठमाडौं कुमारी बैंकले ग्राहकलगायत सर्वसाधारणलाई थप सुविधा दिने उद्देश्यले एप–बेस्ड बुकिङ सुविधा भएको ट्याक्सी सेवाप्रदायक कम्पनी सारथि प्राइभेटसँग डिजिटल पेमेन्टसम्बन्धी सहकार्य गरेको छ ।

आधुनिक सूचनाप्रविधिको प्रयोग गरी दैनिक आवतजावत सहज बनाउने उद्देश्यले सारथिका ट् याक्सीमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैंकले जनाएको छ ।

सो प्रविधिले नगदरहित झन्झटमुक्त कारोबारमा सहजता ल्याउनुका साथै व्यवसायीको आम्दानीलाई पनि तुरुन्तै सम्बन्धित बैंक खातामा जम्मा भई बचत हुने र उक्त निक्षेपमा प्राप्त हुने ब्याजको समेत लाभ हुनेछ ।  यसैगरी, ग्राहक वर्गले पनि बायोमेट्रिक लगइनमार्फत सुरक्षित, नगदरहित भुक्तानी गर्न सक्नेछन् ।

ग्राहक र चालक दुवैको सहजता र सुरक्षालाई मध्यनजर राख्दै सो सुविधा विस्तार गर्न लागिएको बैंकले जनाएको छ ।

ग्राहकहरूले कुमारी बैंकको मोबाइल बैंकिङ एपका साथै फोनपे नेटवर्कअन्तर्गतका सम्पूर्ण बैंक र वालेटबाट पनि भुक्तानी गर्न सक्नेछन् ।

 बैंकले सो पेमेन्ट प्रणालीको प्रोत्साहनका निम्ति सेप्टेम्बर १ देखि ग्राहक र चालक दुवैका लागि आकर्षक बोनस र क्यासब्याकको योजनासमेत ल्याएको छ । योजनाअन्तर्गत हरेक क्युआर पेमेन्टको कारोबारमा चालकले १५ रुपैयाँसम्म बोनस तथा ग्राहकले २० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

5d6887bad4623.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको