Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंक र विराट मेडिकलबीच सम्झौता, ग्राहकलाई यस्तो अफर

अर्थ संसार

शुक्रबार, १३ भदौ २०७६, १६ : ३२ मा प्रकाशित

गरिमा विकास बैंक र विराट मेडिकलबीच सम्झौता, ग्राहकलाई यस्तो अफर

अर्थ संसार, काठमाडौं– गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा लाग्ने उपचार खर्चमाविशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेडर बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ ।

बिहीबार  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको तर्फबाट अस्पताल अध्यक्ष डा. ज्ञनेन्द्र मान सिंह कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।

यस सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचार गराउँदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका देशभर ८० शाखा र ३५ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशकाविभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।
मितिः२०७६⁄०५⁄१३

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको