Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकका अध्यक्षद्वारा शपथ ग्रहण

अर्थ संसार

आइतबार, १५ भदौ २०७६, १८ : १६ मा प्रकाशित

लुम्बिनी विकास बैंकका अध्यक्षद्वारा शपथ ग्रहण

अर्थ संसार, काठमाडौं-लुम्बिनी विकास बैंक लिमिटेडको भदौं १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार नियुक्त हुनु भएका नव नियुक्त अध्यक्ष दशरथ रिसालज्यूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर  चिन्तामणि शिवाकोटी समक्ष आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

अध्यक्ष दशरथ रिसालज्यूको बैंक तथा वित्तीय संस्थाको संचालक पदमा रही कार्य गरेको करिब १२ वर्षको अनुभव तथा विभिन्न व्यवसायीक तथा सामाजीक संस्थाहरुमा लामो समय कार्य गरेको अनुभव रहेको छ ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक  देव कुमार ढकाल, का. मु. निर्देशक विरेन्द्र दत्त अवस्थि र बैंकका प्रमुख कार्यकारी अधिकृत  नरेश सिंह बोहराको उपस्थिति रहेको थियो ।

        

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको