अर्थ संसार, काठमाडौं– माछापुच्छ्रे बैंकले श्वेता श्री फाउण्डेशनद्धारा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुनामाझी बस्तीलाई आर्थिक सहयोग गरेको छ ।
बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्वेता श्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई रु.७ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
श्वेताश् री फाउण्डेशनले भुकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाको चौतारा, सागाँचोकमा माझी बस्तीको लागि ५३ वटा भुकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिरहेको छ ।
५३ वटा भुकम्प प्रतिरोधात्मक आवास सहित अन्य पूर्वाधारको समुचित ब्यवस्थापन गरी एकिकृत नमुना बस्तिको निर्माण गरिरहेको स्वेता श्री फाउण्डेशनलाई आवश्यक अन्य पूर्वाधार निर्माणमा सहजहोस भन्ने उद्धेश्यले माछापुच्छ्रे बैंकलेरु.७ लाख आर्थिक सहयोग गरेको हो ।
अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिएता पनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्यचौकी, रिटेनिङ्गवाल लगायत अन्य आवश्यक पुर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाई देखिएको कारण बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवीप्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस