Like us!
Follow us!
Connect us!
Watch us!

सानिमाको शाखा कैलालीको बौनियाँमा

अर्थ संसार

आइतबार, १५ भदौ २०७६, १८ : ५१ मा प्रकाशित

सानिमाको शाखा कैलालीको बौनियाँमा

अर्थ संसार, काठमाडौं– सानिमा बैंक लिमिटेडले आइतबार कैलालीको बौनियाँमा शाखा कार्यालयको औपचारीक उद्घाटन गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन,सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार  हरिवंश आचार्य र संचालक  भरत कुमार पोखरेलद्वारा संयुक्त रुपमा भयो ।

समुद्घाटन् समारोहमा सानिमा बैंकका संचालक  भरत कुमार पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न पाएकोमा खुसीव्यक्त गरे ।

त्यसैगरी सानिमाबैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालज्यूले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँशाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समुद्घाटन समारोहमा हरिवंश आचार्यज्यूले बौनियाँमा सानिमा बैंक संचालनमा आएकोमा बौनियाँ वासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नु भयो । सानिमा बैंकको उक्तशाखा समेतगरी हाल सम्म७९ वटाशाखा संजालतथा ७५ वटा ए.टि.एम. रहेका छन ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको