अर्थ संसार
काठमाडौं–लियो क्लब अफ काठमाडौं मार्गदर्शनले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय युथ क्याम्पको आयोजना गर्ने भएको छ । नेपाल सरकारले अघि सारेका पर्यटन प्रबर्धका कार्यक्रमहरुलाई टेवा पुर्याउने उद्देश्यका साथ क्लबले प्रिज्म इन्टरनेशनल युथ क्याम्पको आयोजना गर्न लागेको हो । क्याम्प आगामी फागुन १२ गतेदेखि १७ गतेसम्म हुने छ ।
‘पर्यटनको सम्भावनाको खोजी र उद्यमी बन्ने प्रयास’ भन्ने मुल नाराका साथ हुन गइरहेको युथ क्याम्प दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा केन्द्रीत हुने मंगलबार क्लबद्वारा आयोजिक पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
युथ क्याम्प दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा उद्घाटन हुने छ । त्यसपछि लगातार जिल्लाका अन्य स्थानमा समेत कार्यशाला गोष्ठी सम्पन्न हुने आयोजकहरुले बताएका छन् । चरिकोटमा उद्घाटन भएलगत्तै भोलिपल्ट दोलखाको जिरी, तेश्रो दिन माथिल्लो तामाकोसी गोंगर, चौथो दिन कालिञ्चोक भगवतीको मन्दिर, पाँचौ दिन खरिढुंगा र अन्तिम दिन काभ्रेको धुलिखेलमा क्याम्प बस्ने बताइएको छ ।
आयोजकहरुका अनुसार जिरीमा सांस्कृतिक प्रवद्र्धन र प्राविधिक शिक्षाको महत्व, माथिल्लो तामाकोसी आयोजना स्थलमा आन्तरिक लगानी र नेपालमा हाइड्रोपावरको विकास, कालिञ्चोकमा धार्मिक पर्यटन र साहित्यिक विकास, खरिढुंगामा फिल्म सिटी र प्राकृतिक श्रोतका व्यापारिक प्रयोग विषयमा ब्यापक बहस गर्दै कार्यशाला गोष्ठी हुने छन् ।
यस कार्यक्रमको अर्को लक्ष्य ‘भ्रमणका लागि नेपाल निकै उपयुक्त गन्तव्य’ रहेको सुचना विश्वभर पुर्याउनु रहेको क्लबका पदाधिकारीहरुको भनाई छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस