Like us!
Follow us!
Connect us!
Watch us!

ह्याकर आतंकपछि नेपाल बैंकले एटीएमबाट पैसा निकाल्ने सिमा तोक्यो, एक दिनमा कति निकाल्न पाइने ?

अर्थ संसार

शुक्रबार, २० भदौ २०७६, ११ : ०० मा प्रकाशित

ह्याकर आतंकपछि नेपाल बैंकले एटीएमबाट पैसा निकाल्ने सिमा तोक्यो, एक दिनमा कति निकाल्न पाइने ?

अर्थ संसार, काठमाडौं–  केही दिनअघि चिनीयाँ ह्याकरले नेपाली बैंकबाट पैसा लुटेपछि नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट पैसा निकाल्ने सीमा घटाएको छ ।

अब एक दिनमा बढीमा ६० हजार रुपैयाँसम्म मात्र झिक्न पाउने व्यवस्था गरेको प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । चिनियाँ ह्याकरले एटीएमबाट पैसा लुटेपछि केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।
 
यसअघि एक दिनमा एक लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्था थियो । यसअघि एक पटकमा २५ हजार रुपैयाँसम्म झिक्न पाइने व्यवस्था रहेकोमा अब ५ हजार रुपैयाँले सीमा घटाएर २० हजार रुपैयाँमा सीमित गरिएको छ । बिहीबार नै बैंक तथा वित्तीय संस्थालाई कार्यान्वयनको लागि परिपत्र जारी गरेको छ ।

5d71ec7b7e0e8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको