अर्थ संसार
काठमाडौं– गालाप्रथा विधिबाट समता माइक्रोफाइनान्सको आइपिओको सेयर बाँडफाँड गरिएको छ । बुधबार विहान एनआइबीएल क्यापिटल लिमिटेडमा सेयर बाँडफाँड गरिएको छ ।
पुष १९ गतेदेखि २२ गतेसम्म आइपीओ विक्री खुला गरेको यस कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले १० कित्ता मात्र पाउने भएका छन् ।
कम्पनीले ९४ हजार ८०० कित्ता आइपीअपो विक्रि खुल्ला गरिएकोमा एक अर्ब ८८ करोड ३१ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो ।
कम्पनीको आइपीओमा ८६ हजार २३७ जनाले सेयर भरेका थिए भने जम्मा आठ हजार आठ सय ५६ जनाले मात्र सेयर पाएका छन् ।
कुल निष्कासन गरिएको सेयरमध्येबाट एक हजार आठ सय ९६ कित्ता सेयर कर्मचारीलाई दिइएको छ भने चार हजार सात सय ४० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीले पाएका छन् ।
यो पनि हेनुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस