अर्थ संसार, काठमाडौं– एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकोे २४ औं वार्षिक साधारण सभा बुधबार अग्रवाल भवन, कमलपोखरीमा सम्पन्न भएको छ ।
साधारणसभाको फोटो हेर्न यहाँ क्लिक गर्नुहोला
दिउसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राख्नुभएको थियो ।
कम्पनीको २४ औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतीले पारित गर्यो । सभाले कम्पनीले लगानीका क्षेत्र थप गर्ने प्रस्ताव तथा उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनी संग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गर्यो ।
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकोे साधारण सभाको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस