अर्थ संसार, संविधान दिवसको अवसर पारेर आज झापामा ‘विद्यालयस्तरीय सडक’ दौड प्रतियोगिता सम्पन्न भएको छ । संविधान तथा राष्ट्रिय दिवस–२०७६ मूलसमारोह समिति झापाको आयोजनामा भएको जिल्लास्तरीय माध्यमिक विद्यालयस्तरीय सडक दौड प्रतियोगितामा छात्रतर्फ सिद्धार्थ मावि दमकका याङदेव राई प्रथम हुनुभएको थियो।
त्यस्तै प्रतियोगितामा धुलाबारी माविका भूपेन्द्र राई द्वितीय, टावर टेम्बल मावि विर्तामोडका मनिष बस्नेत तृतीय, धुलाबारी माविका अञ्जीत दर्जी चांैथो र हिमालयन मावि दमकका युवराज लिम्बू पाँचांै स्थान प्राप्त गर्न सफल हुनुभएको छ । त्यसैगरी, छात्रातर्फ धुलाबारी माविकी भवानी कमाती प्रथम, सगरमाथा मावि भद्रपुरकी सुस्मिता राई द्वितीय, धुलाबारी माविकै सन्ध्या राई तृतीय, हिमालय मावि दमककी मनिषा राई चांैथो र हल्दिबारी माविकी प्रतिमा तुलाङी पाँचांै भएकी छिन्।
उनीहरु सबैलाई क्रमशः रु १० हजार रु ८ हजार, रु ६ हजार, रु चार हजार र दुई हजारका दरले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलले बताउनुभयो । झापाको भद्रपुरस्थित मेची पुलदेखि चन्द्रगढीको ट्रेड युनियन चोकसम्मको पाँच किलोमिटर दुरीमा भएको सो दौड प्रतियोगितामा झापाका सबै पालिकाका विद्यालयबाट खेलाडी सहभागी भएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले बताउनुभयो।
आज बिहान ७ बजे भद्रपुर नगरपालिका –५ स्थित मेची पुलमा प्रदेश सरकारले उपलब्ध गराएको राष्ट्रिय झण्डात्तोलन गरेर कार्यक्रम शुरु गरिएको थियो। जिल्ला खेलकूद विकास समिति झापाको प्राविधिक सहयोग र भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस