अर्थ संसार
काठमाडौं– एभरेष्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले आस्बा सदस्यता प्रदान गरेको छ ।
बैंकलाई बोर्डले धितोपत्र खरिद सम्बन्धी निर्देशिका २०७३ बमोजिम आस्बा सदस्यता प्रदान गरेको हो ।
आस्बा सदस्यताअनुसार आफ्ना ग्राहकहरुलाई आफ्नो सम्पूर्ण शाखाहरुबाट सेवा प्रदान गर्ने छ । उक्त सेवा उपलब्ध गराएबापट बैंकले प्रति दरखास्त एक सय रुपैयाँ शुल्क लिनेछ ।
यस प्रणालीबाट शेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामा नै रोक्का हुन्छ भने शेयर बाँडफाँड पश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस