अर्थ संसार, काठमाडौं-नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले २९ हजार ३ सय ८० कित्ता संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।
सो शेयर खरिदका लागि कात्तिक २१ गतेदेखि २८ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । शेयरको न्यूनतम मूल्य २ सय ७५ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी सेयरमूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम ३ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हक तोकिएको छैन । बैंकको शेयर रजिस्ट्रार एनआइबिएल एस
क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस