Like us!
Follow us!
Connect us!
Watch us!

मालपोतका तीन कर्मचारी रंगेहात पक्राउ

विहीबार, १२ फागुन २०७३, १७ : ३९ मा प्रकाशित

मालपोतका तीन कर्मचारी रंगेहात पक्राउ

अर्थ संसार 
भक्तपुर– गुठी संस्थानको १३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने तयारीमा रहेका मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारी र एक लेखा व्यवसायी घुसरकम सहित रंगेहात पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा ऋषीराम बुढाथोकी, कार्यालय साहयक केशव खत्री र लेखा ब्यवसायी बिष्णु निसुतु रहेका छन् ।

मोहीले भोगचलन गरेको १३ रोपनी गुठीको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने प्रायोजनका लागि विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने विशेष सूचनाको आधारमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ । 

टोलीले नायव सुब्बा बुढाथोकीको साथबाट घुस रकम ३ लाख र स्रोत नखुलेको १ लाख ४ हजार ५ सय, खत्रीको साथबाट घुस रकम १ लाख र स्रोत नखुलेको २९ हजार ५ सय तथा निसुतुको साथबाट १ लाख श्रोत नखुलेको रकम भक्तपुरको सुवर्णर्ण भोजनालयबाट बरामद गरिएकोे विज्ञप्तिमा उल्लेख गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको