Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक वृद्धिदर ६.४ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपणमा सरकारको असन्तुष्टि

निशा हुमाँगाई

शुक्रबार, २७ मंसिर २०७६, १० : ३१ मा प्रकाशित

आर्थिक वृद्धिदर  ६.४ प्रतिशत रहने  विश्व बैंकको प्रक्षेपणमा सरकारको असन्तुष्टि

अर्थ संसार, काठमाडौं – विश्व बैंकले हिजाे (बिहीबार) ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत मात्रै रहने जनाएकाे थियाे ।  बैंकले प्रक्षेपण गरेसँगै सरकारले असन्तुष्टि जनाएको छ ।  

गत वर्ष विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रशितशत रहने प्रक्षेपण गरेको थियो । सार्वजनिक प्रतिवेदनले यस अघि प्रक्षेपण गरिएको आर्थिक वृद्धिदरलाई संशोधन गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धदर ६.४ हुने बताएपछि सरकारले असन्तुष्टि जनाएको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाले यस विषयमा नेपालको आर्थिक वृद्धिदर कम आँकलन गरिएको बताउनुभयाे । 

उहाँले  भन्नुभयाे, ‘नेपालले यस वर्ष ८.५ प्रतिशत वृद्धिदरको लक्ष्य लिएको छ अहिले नै सरकारले आर्थिक वृद्धिको लक्ष्यमा कुनै संशोधन गरेको छैन ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको