Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्ने

निशा हुमाँगाई

आइतबार, २९ मंसिर २०७६, १० : ३१ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्ने

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले भाेली (मंसिर ३० गते,सोमबार) १० अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । भाेली जारी हुने ट्रेजरी बिल यसअघि जारी गरिसकेको र समयावधि समाप्त भएकाले नवीकरण गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

सरकारका लागि चाहिने आन्तरिक ऋण परिचालनका लागि नेपाल राष्ट्र बैंकले सो रकम बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा भाेली मध्याह्न २ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले बताएको छ ।

यस ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले ९१ दिने अवधिको आठ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ९१ दिने बिल आगामी चैत ४ गते परिपक्व हुनेछ ।

यसैगरी, ३६४ दिने अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको बिल बिक्री गर्न लागिएको हो । उक्त बिल २०७७ मंसिर ३० गते परिपक्व हुनेछ ।

 

 

5df5c1e562f50.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको