Like us!
Follow us!
Connect us!
Watch us!

आज एसबिआई बैंकको साधारण सभा, १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

निशा हुमाँगाई

आइतबार, २९ मंसिर २०७६, ११ : ५१ मा प्रकाशित

आज एसबिआई बैंकको साधारण सभा, १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

अर्थ संसार, काठमाडौं – नेपाल एसबीआई बैंकको साधारण सभा आज  हुँदैछ । त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा अहिले बिहान ११ बजेदेखी साधारण सभा सुरु भएकाे छ ।

साधारण सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कूल १६.८४ % लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएकाे छ । बैंकले गत वर्षको नाफाबाट ६% बोनस सेयर र १०.८४% नगद लाभांश वितरण गर्न लागेको हो । एसबीआईले ५० करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । ९१ करोड ५८ लाख ९८ हजार ७०० रुपैयाँ नगद वितरणमा खर्च गर्नेछ । 

त्यसैगरी, बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा पेश गर्नेछ । बोनस पश्चात अधिकृत पुँजी र चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही बमोजिम नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेकाे छ ।

आजकाे सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेकाे छ । 

साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १३ गतेदेखि बुकक्लोज गरेको थियो । मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको