Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको तेह्रौं बार्षिकाेत्सव सम्पन्न, १६.१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

निशा हुमाँगाई

आइतबार, २९ मंसिर २०७६, १२ : ४२ मा प्रकाशित

गरिमा विकास बैंकको तेह्रौं बार्षिकाेत्सव सम्पन्न, १६.१५ प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव पारित

अर्थ संसार, काठमाडौं – गरिमा विकास बैंक लिमिटेडको तेह्रौं बार्षिक साधारणसभा गत शुक्रबार ( मिति २०७६ मंसिर २७ गते) सम्पन्न भएको छ । साे सभा कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड, पोखरामा भएको थियाे । उक्त साधारणसभामा शेयरधनीलाई १६.१५ प्रतिशत बोनश शेयर र कर प्रयोजनाथ ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव  पारित भएकाे छ ।

त्यसैगरी, साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ । उक्त साधारणसभाबाट विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रस्ताव समेत पारित भएको छ ।

हाल २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार चुक्ता पूजी रहेको विकास बैंकको साधारणसभाबाट पारित १६.१५ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार पुगेको छ ।

साधारणसभाको लागि २०७६ मंसिर १३ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७६ मंसिर १२ गते सम्म कायम विकास बैंकका शेयरधनीले साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।

लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको विकास बैंकका हाल देशभर ९० शाखा कार्यालय सञ्चालनमा रहेका छन् । विकास बैंकको २०७६ मंसिर २६ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३२ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ ।

5df5dd21403bd.jpg 5df5dd4a2af89.com 5df5dd7a29685.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको