Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्सुरेन्सकाे लाभांश दिने घोषणा

निशा हुमाँगाई

आइतबार, २९ मंसिर २०७६, १४ : ०४ मा प्रकाशित

आइएमई जनरल इन्सुरेन्सकाे लाभांश दिने घोषणा

अर्थ संसार,काठमाडौं – आइएमई जनरल इन्सुरेन्सकाे शुक्रबार बसेको सञ्चालक समितिकाे बैठकले लाभांश दिने घोषणा गरेको छ । बैठकमा आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६% बोनस सेयर र कर प्रयोजनार्थ (०.३१%) ३२ लाख २२ हजार ९४७ नगद लाभांश दिने निर्णय भएकाे हो । 

कम्पनीकाे आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

कम्पनीले ६ करोड १२ लाख ३६ हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । कम्पनीले गत वर्ष ५% बोनस सेयर वितरण गरेको थियो ।

हाल आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ पुग्नेछ । 

5df5eedf36ebc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको