Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से सूचक ४.७८ अंकले घट्याे

निशा हुमाँगाई

आइतबार, २९ मंसिर २०७६, १५ : २४ मा प्रकाशित

नेप्से सूचक ४.७८ अंकले घट्याे

अर्थ संसार, काठमाडौं – साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से सूचक ४.७८ अंकले घटेर ११६७.८६ विन्दुमा अडिएको छ । १७२ कम्पनीको ६८ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज २० लाख ७२ हजार २३६ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ वटा समूहको सेयर कारोबार भएको छ । जसमा ३ समूहको सूचक बढेको छ । बाँकी समूह राता भएका छन् । वाणिज्य बैंक समूहको सूचक २.८२ अंकले बढेको छ । 

कारोबार रकममा एनएमबि बैंकले अग्रता लिएको छ । यसको ६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले १०% का दरले कमाएका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै स्पर्श लघुवित्तका लगानीकर्ताले ६.४% का दरले गुमाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको