Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै एसबिआई बैंकको एजिएम सम्पन्न

निशा हुमाँगाई

आइतबार, २९ मंसिर २०७६, १६ : ०१ मा प्रकाशित

लाभांश पारितसँगै एसबिआई बैंकको एजिएम सम्पन्न

अर्थ संसार, काठमाडौं – नेपाल एसबिआई बैंक लि. को २६औँ वार्षिक साधारणसभा आज त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएकाे छ ।

सभाले बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीमा  १६.८४ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र १०.८४% नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले आ.व. २०७५/७६ मा रू. ३१२.३९ करोड संचालन मुनाफा रू. २२९.२५ करोड खुद मुनाफा हासिल गरेको छ । 

साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७५/०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । 

त्यसैगरी, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको