Like us!
Follow us!
Connect us!
Watch us!

सिर्जना फाइनान्सकाे लिलामी शेयर आउँदै

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, १० : २० मा प्रकाशित

सिर्जना फाइनान्सकाे लिलामी शेयर आउँदै

अर्थ संसार, काठमाडौं – सिर्जना फाइनान्सकाे हकप्रदमा बिक्री नभएका शेयर लिलामी मार्फत बिक्री गरिने भएको छ । कम्पनीले पुस ७ गतेदेखि ३ लाख २० हजार ७४२ कित्ता शेयर लिलामीमा ल्याउन लागेको छ । लिलामी शेयरमा लगानकिर्ताले पुस १४ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

इच्छुक लगानकिर्ताले कम्तिमा १ सय रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्य अंकित गरी आवेदन पेश गर्न सक्नेछन् । अधिकतम मूल्य अंकित गरी आवेदन गर्ने लगानकिर्तालाई प्राथामिकतामा राखि क्रमैसँग लिलामी शेयर बाँडफाँड गरिने भएकाे छ ।

फाइनान्सको लिलामी शेयरमा लगानीकर्ताले सनराइज क्यापिटल, सनराइज बैंकको तोकिएका ७ शाखा कार्यालय र सिर्जना फाइनान्स मार्फत आवेदन दिन सक्नेछन् ।

फाइनान्सले बिक्रीमा ल्याएको २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयरमा २ लाख ८ हजार ५२३ कित्ता संस्थापक र १ लाख १२ हजार २१९ कित्ता साधारण शेयरगरी कूल ३ लाख २० हजार ७४२ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर लिलामीमा आउने भएको हो ।

फाइनान्सले गत असोज १७ देखि मंसिर ६ गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता शेयरको अनुपातामा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो ।

लगानीकर्ताले बैंकको लिलामी संस्थापक शेयरमा न्यूनतम एक हजार कित्ता र सर्वसाधारण शेयरमा १०० कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन पाउनेछन् । लगानकिर्ताले सो सीमाभित्र रहेर आफुले लिन चाहेको शेयर कित्ता उल्लेख गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

हिजाे फाइनान्सको शेयर नेप्सेमा प्रतिकित्ता १८० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको