Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थानको शेयर मूल्य समायोजन, कति ?

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, १० : ५५ मा प्रकाशित

निर्धन उत्थानको शेयर मूल्य समायोजन, कति ?

अर्थ संसार, काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७८.४० पैसा कायम भएको छ । आज यही मूल्यमा सेयर कारोबार खुल्नेछ । कम्पनीले आजबाट बुक क्लोज गरेको हो ।

कम्पनीले पुस १३ गते साधारण सभा बोलाएको छ । सभा सेलिब्रेसन ब्यांकेट पार्टी प्यालेस, नक्सालमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिका सदस्यहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु रहेका छन् । 

कम्पनीले गत वर्षको नाफाबाट २५% बोनस सेयर र कर प्रयोजन सहित १५.५३% नगद लाभांश वितरण गर्न लागेको हो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा निर्धन उत्थानले २१ करोड ६३ लाख ५५ रुपैयाँ खुद नाफा कमाएको छ । निर्धनको प्रतिसेयर आम्दानी ७२ रुपैयाँ १२ पैसा (वार्षिक) छ । प्रतिसेयर नेटवर्थ भने २९२ रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको