Like us!
Follow us!
Connect us!
Watch us!

कस्ताे छ आज विदेशी मुद्राको सटही दर ?

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, १२ : ०२ मा प्रकाशित

कस्ताे छ आज विदेशी मुद्राको सटही दर ?

अर्थ संसार, काठमाडौं – आज (सोमबार) बहराइन दिनारको भाउ बढेको छ भने कतारी रियाल, कोरियन वन र कुवेती दिनारको भाउ घटेको छ । त्यसैगरी, आज अमेरिकी डलर लगायत केही विदेशी मुद्राको भाउमा भने कुनै पनि परिवर्तन आएको छैन ।

नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा तोकेको छ । हिजाे यसको एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा नै छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजाे यसको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४ पैसा तोकेको छ । हिजाे यसको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा थियो । यस्तै ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ६१ पैसा रहेको छ । हिजो यसको खरिदर २९४ रुपैयाँ ०६ पैसा रहेको थियो । 

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो यसको खरिददर ३७२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६२ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर २९९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३० पैसा रहेको थियो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको