Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तकाे ४४.३२ प्रतिशत लाभांश पारित

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, १४ : ०८ मा प्रकाशित

छिमेक लघुवित्तकाे ४४.३२ प्रतिशत लाभांश पारित

अर्थ संसार, काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १८औँ  वार्षिक साधारण सभा आज हेटौँडास्थित होटल सामना प्रा.लि.को सभा हलमा सम्पन्न भएकाे छ । सभाले गत आर्थिक वर्षको मुनाफबाट वितरण गर्ने घोषणा गरेको ४४.३२ प्रतिशत लाभांश पारित गरेको छ ।

सभाले सञ्चालक समितिबाट सिफारिस भएको गत आर्थिक वर्षको नाफाबाट २७.११ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको १७.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यसैगरी, सभाले अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुलाई प्राप्ती गर्ने सम्बन्धी सबै अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

हाल १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३२ करोड रुपैयाँ बराबरको बोनस वितरण पश्चात पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

संस्थाले हालसम्ममा ६६ जिल्लामा १३६ वटा शाखामार्फत कुल ३ लाख ६९ हजार ६ सय ९४ जना महिला सदस्यहरुलाई लघुवित्तसेवा दिइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको