Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सबै सूचक गर्ल्याम्गुर्लुम ओरालो लाग्याे

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, १५ : ३५ मा प्रकाशित

नेप्सेमा सबै सूचक गर्ल्याम्गुर्लुम ओरालो  लाग्याे

अर्थ संसार, काठमाडौं – अघिल्लो सातादेखि सुधारको क्रममा रहेकाे सेयर बजार दुई दिनमै १८.५४ अंकले ओरालो लागेको छ। यो साताको पहिलो कारोबार दिन हिजाे ४.७८ अंकले र आज १३.७५ अंकले घटेको छ ।

नेप्से सूचक आज १३.७५ अंकले घटेर ११५४.११ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन हिजाे ६८ करोड ६० लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबारमा आज ४० करोड ७९ लाख रुपैयाँको मात्र कारोबार भएको छ। १३ लाख ७१ हजार १३४ कित्ता सेयर खरिदबिक्री भएका छन् । आज कुल १२ समूहकै सूचक ओरालो लाग्न पुगेकाे छ ।

आज निर्जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी १ सय ७२.०९ अंकले घटेकोे छ। त्यसैगरी, जीवन बिमा कम्पनी समूहको सूचक पनि १ सय ३६.५३ अंकले ओरालो लागेको छ । 

वाणिज्य बैंक समूहको सूचक पनि ७.२३ अंकले घटेको छ । कारोबार रकममा एनएमबि बैंकको अग्रता छ । यसको ४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ५.४५% का दरले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनरका लगानीकर्ता छन् । यसको भाउ ९.४९% ले घटेको छ । 

5df75671aeb61.jpg 5df7569214b0a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको