Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंक सबैभन्दा धेरै लाभांश दिने बैंकमा स्थापित

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, १६ : १० मा प्रकाशित

एनएमबि  बैंक सबैभन्दा धेरै लाभांश दिने बैंकमा स्थापित

अर्थ संसार,काठमाडौं – एनएमबि बैंक सबैभन्दा धेरै लाभांश दिने बैंकमा स्थापित भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

त्यसैगरी, नविल बैंक धेरै लाभांश दिने बैंकको दोस्रो सूचीमा पर्न सफल भएको छ। बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश दिएको छ । बढी लाभांश दिने बैंकमा सिद्धार्थ बैंक पनि परेको छ । बैंकले बोनस सेयर १० प्रतिशत र नगद लाभांश १५.२६ प्रतिशत गरी कुल २५.२६ प्रतिशत लाभांश दिएको छ ।

त्यसैगरी, एभरेष्ट बैंकले ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश सहित २५ प्रतिशत लाभांश दिएको छ भने नेपाल बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

ग्लोबल आइएमई बैंकले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नै नगद लाभांशसहित २५.५० प्रतिशत लाभांश दिएको छ । कृषि विकास बैंकले ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

केही बैंकहरुले लगानीकर्तालाई बोनस नदिइ नगद लाभांशमा मात्रै दिने गरेका छन् । बोनस नदिने बैंकमा सिभिल, मेगा र स्टयान्र्डड चार्टर्ड बैंक रहेका छन् ।

यसैगरी, सिभिल बैंकले ६.५७ प्रतिशत, मेगाले ११.७५ प्रतिशत र स्टयान्र्डडले २२.५ प्रतिशत नगद लाभांश दिने भएका छन् । २५ वटा बैंकमा सबैभन्दा कम लाभांश दिने बैंकमा सिभिल बैंक रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको