Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विमानस्थल अब दैनिक २१ घण्टा सञ्चालन हुने

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, १७ : ०५ मा प्रकाशित

त्रिभुवन विमानस्थल अब दैनिक २१ घण्टा सञ्चालन हुने

अर्थ संसार,काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अब दैनिक २१ घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन हुने भएको छ । विभिन्न चरणमा भइरहेका सुधार र जिर्णोद्धारका कामहरु सकिएको हुँदा उडान तथा अवतरण हुने गरी तयारी भएको हो ।

विमानस्थल दैनिक २१ घण्टा सञ्चालनका लागि योग्य भएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभएकाे छ ।

भदौ दोस्रो सातादेखि धावनमार्ग र ट्याक्सी जिर्णोद्धारको लागि दैनिक ७ घण्टा बन्द हुँदै आएको विमानस्थल सञ्चालनयोग्य भएको छ । रनवे सेन्टरलाइन लाइट फेर्ने काम पनि सकिएको छ ।

निर्माण कम्पनीले आज राति नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गर्दैछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको