Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा तीन कम्पनीको मूल्य समायोजन , हेर्नुस कति ताेकियाे मूल्य ?

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, १० : ०९ मा प्रकाशित

नेप्सेमा तीन कम्पनीको  मूल्य समायोजन , हेर्नुस कति ताेकियाे मूल्य ?

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज तीन कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेपाल एग्रो लघुवित्त, श्री इन्भेष्टमेण्ट फाइनान्स र स्वावलम्बन लघुवित्तको मूल्य समायोजन भएको हो । 

नेप्सेले नेपाल एग्रो लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ६२६ दशमलव ०९ तोकेको छ ।     

त्यसैगरी, श्री इन्भेष्टमेण्टको २ दशमलव ३५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १५१ दशमलव ४४ तोकेको छ ।     

 र, स्वावलम्बन लघुवित्तको २६ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ८१८ दशमलव २५ तोकेको छ ।     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको