Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले बोलायो साधारणसभा, बम्पर लाभांश पारित गर्दै

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, १० : ३१ मा प्रकाशित

नबिल बैंकले बोलायो साधारणसभा, बम्पर लाभांश पारित गर्दै

अर्थ संसार, काठमाडौं - नबिल बैंकले लाभांश पारित गर्न पुस २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको ३५ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

 बैंकले यस वर्षका लागि शेयरधनीहरूलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब पुर्याउने, बैंकको प्रवन्धपत्र र नियमावलीको नियम संशोधन गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने जनाएको छ । 

 त्यसैगरी, लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बैंकले पुस ८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ७ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउने छन् । 

हाल नबिलको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ४०० रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको