Like us!
Follow us!
Connect us!
Watch us!

विवाहकाे माैसममा बढ्याे सुन र चाँदीको मूल्य

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, ११ : २४ मा प्रकाशित

विवाहकाे माैसममा बढ्याे सुन र चाँदीको मूल्य

अर्थ संसार,काठमाडौं – हिजाे साेमबार प्रतितोला ७१ हजार ३ सयमा काराेबार भएकाे सुनको मूल्य आज दुई सयले बढेर ७१ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

तेजाबी सुनको मूल्य आजका लागि ७१ हजार २ सयमा कायम भएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँ पुगेको छ । हिजाे सोमबार चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको