Like us!
Follow us!
Connect us!
Watch us!

पाँच महिनामा कति खर्च भयाे विकास बजेट ?

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, १२ : २९ मा प्रकाशित

पाँच महिनामा कति खर्च भयाे विकास बजेट ?

अर्थ संसार,काठमाडौं – चालु आर्थिक वर्षको लागि ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ विकास बजेट छुट्याइएकोमा मंसिर मसान्तसम्म (पाँच महिना) जम्मा ९ दशमलव शून्य ५ प्रतिशत अर्थात् जम्मा ३७ अर्ब ४८ करोड रुपैयाँ मात्रै विकास बजेट खर्च भएको छ । सरकारी आय व्ययको लेखाजोखा राख्ने महालेखा नियन्त्रकको कार्यालयले जम्मा ३७ अर्ब ४८ करोड रुपैयाँ मात्रै खर्च भएको जनाएको छ । 

सरकारले यो वर्ष विकास खर्चमा सुधार हुने दाबी गरे पनि पाँच महिनामा जम्मा ९ दशमलव ५ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । सरकारले अब ७ महिनामा ३ खर्ब ७१ अर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ । 

सरकारले वर्षका ११ महिना खर्च नगरे पनि असारे विकासमा भने विकास खर्च गर्ने गरेको पाइएका्े छ । जेठ १५ देखि असार मसान्तसम्म कुल विकास बजेटको ४० प्रतिशत खर्च हुने गरेको छ ।

यसैगरी, चालु आर्थिक वर्षको लागि सरकारले ९ खर्ब ५७ अर्ब रुपैयाँ चालु खर्च छुट्याएकोमा  पाँच महिनामा २ खर्ब ४६ अर्ब ९२ लाख अर्थात् २५ दशमलव ८० प्रतिशत खर्च भएको छ । 

साथै, वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ विनियोजन भएकोमा पाँच महिनामा १४ अर्ब १६ करोड रुपैयाँ अर्थात् ८ दशमलव ४४ प्रतिशतमा मात्रै खर्च भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको