Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुपाल्चाेकका विद्यालय पुननिर्माण गर्न जापानले दियाे ठुलाे रकम

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, १३ : १५ मा प्रकाशित

सिन्धुपाल्चाेकका  विद्यालय पुननिर्माण गर्न जापानले दियाे ठुलाे रकम

अर्थ संसार,काठमाडौं – सिन्धुपाल्चोकका विद्यालय पुननिर्माण गर्नका लागि आर्थिक सहायतास्वरूप जापान सरकारले थप १० करोड रुपैयाँ नेपाललाई दिने भएको छ । सहायता उपलब्ध गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको हाे ।

दोस्रोचरणको विद्यालय पुननिर्माण कार्यक्रमअन्र्तगत जापानले थप ८ लाख ६० हजार ८ सय ८ अमेरिकी डलर (करिब ९ करोड ७० लाख ५२ हजार रुपैयाँ) दिने सहमति गरेको छ ।

नेपालस्थित जापानी दूतावासका उपनियोग प्रमुख योजो योशिओकाले सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेपछि सहायताले सिन्धुपाल्चोकका सार्वजनिक विद्यालयको स्तर वृद्धि गर्न सघाउने आशा व्यक्त गरेकी छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको