Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको ऋणपत्र पूर्णरूपमा बिक्री

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, १३ : ३६ मा प्रकाशित

सनराइज बैंकको ऋणपत्र पूर्णरूपमा बिक्री

अर्थ संसार,काठमाडौं – सनराइज बैंकले जारी गरेको ७ वर्ष अवधि रहेको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र पूर्णरूपमा बिक्री भएको छ । गत असोज २० गते निष्कासन गरिएको उक्त ऋणपत्र मंसिर १९ गतेसम्म खुल्ला रहेकाे थियो ।

१०.२५ प्रतिशत ब्याज प्रदान गरिने उक्त ऋणपत्र कार्तिक २४ गते सम्ममा पूर्ण बिक्री भएको बैंकले जनाएको छ ।

सर्वसाधारण निष्कासनको तर्फबाट ४५ करोड ३८ लाख २९ हजार रुपैयाँ बराबरको ४५ लाख ३ हजार ८ सय २९ कित्तार परिपत्रविधिको तर्फबाट २ अर्ब ५४ करोड ६१ लाख ७१ हजार रुपैयाँ बराबरको २५ लाख ४६ हजार १ सय ७१ कित्ता ऋणपत्र बिक्री भएको बैंकले जानकारी दिएकाे छ ।

ऋणपत्रको बाँडफाँड मंसिर २७ गते शुक्रबार गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र पूर्णरूपमा बिक्री गर्न सफल भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको