Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ आजकाे नेप्से सूचक

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, १५ : ५४ मा प्रकाशित

यस्ताे छ आजकाे नेप्से सूचक

अर्थ संसार,काठमाडौं – हिजाे गर्ल्यामगुर्लुम ओरालो लागेकाे नेप्से सूचक आज (मंगलबार) १.२६ अंकले बढेर ११५५.३७ विन्दुमा अडिएको छ । आज १६७ कम्पनीको २७ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसैगरी, ८ लाख ४० हजार ६७७ कित्ता सेयर कारोबार भएको छ ।

आज १२ समूहको कारोबार भएकामा ८ समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूह ४६.५८ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक भने १.५९ अंकले घटेको छ ।

खरिदबिक्री रकममा एनएमबि बैंकको अग्रता रहेकाे छ । बैंकको ३ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.६८% का दरले कमाएका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ६.८९% का दरले गुमाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको