Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एयरलाइन्सलाई 'मोस्ट पपुलर एयरलाइन्स अवार्ड'

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, १६ : १३ मा प्रकाशित

नेपाल एयरलाइन्सलाई 'मोस्ट पपुलर एयरलाइन्स अवार्ड'

अर्थ संसार,काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’ बाट सम्मानित भएको छ । 

नेपाल वायुसेवा निगमलाई ‘एयरलाइन्स कृटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ले उक्त अवार्ड प्रदान गरेको हो । एयरलाइन्स अडिटर, रिभ्युअर्स, एयरलाइन्स ब्लगर, यात्रु तथा एभियसन पत्रकारहरुले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई उक्त अवार्ड दिइएको एसोसिएसनका प्रमुख टीपीएस ग्रोबरले जानकारी दिए ।

 विमानस्थलमा यात्रुलाई गर्ने व्यवहार, उडानका बेला क्रु मेम्बरले गर्ने व्यवहार, खानाको गुणस्तर, सुरक्षित यात्रा, सिट, तथा मूल्य लगायतलाई मूल्यांकन गरेर उक्त अवार्ड दिइएकाे हाे ।

त्यसैगरी, एसोसिएसनले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई ‘एयरलाइन सिइओ अफ द इयर’ का रुपमा समेत छनोट गरेको जनाएको छ । विगत चार वर्षदेखि एयरलाइन्सहरुको समिक्षा गरी एसोसिएसनले उक्त अवार्ड प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको