Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकको लाभांश घोषणा

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, १७ : ११ मा प्रकाशित

सिन्धु विकास बैंकको लाभांश घोषणा

अर्थ संसार,काठमाडौं – सिन्धु विकास बैंककाे आज बिहान बसेको सञ्चालक समितिको बैठकले १२.०९% लाभांश दिने घोषणा गरेको छ । बैंकको  गत वर्षको नाफाबाट ११.५१३% बोनस सेयर र कर प्रयोजनार्थ ०.५७५% नगद लाभांश गरी कुल १२.0९ % लाभांश दिने घोषणा गरेको हो । 

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेभएकाे छ ।

हाल बैंकको चुक्ता पुँजी ५० करोड २७ हजार ३१६ रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी ५५ करोड ७६ लाख पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको