Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नेपालकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम

निशा हुमाँगाई

बुधबार, ०२ पुस २०७६, १० : २० मा प्रकाशित

नयाँ नेपालकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम

अर्थ संसार,काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २१.०५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । संस्थाले गत वर्षको नाफाबाट लगानीकर्तालाई २०% बोनस सेयर र कर प्रयोजनका लागि १.०५% नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

संस्थाले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि पुस ३ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म बुक क्लोज गर्दैछ । त्यसैले, आजसम्म कायम सेयरधनीले मात्र लघुवित्तले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

त्यसैगरी, संस्थाले लाभांश प्रस्ताव पारित गर्न पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा लघुवित्तले गाभ्ने वा गाभिने निर्णय गरेपश्चात कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत पेश गर्ने जनाएको छ ।

संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसअवधिमा यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ १६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५० पैसा रहेकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको